काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारवाही गरेपछि डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निस्कासित भएको बताएका छन् ।
मंगलबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको पदबाट हटाउने निर्णय गरेको थियो ।
पार्टीको जिम्मेवारीबाट हटाइएपछि ढकालले आफू रवि लामिछाने क्लबबाट निस्कासित भएको टिप्पणी गर्दै रास्वपाभित्र घण्टी बज्न नरोकिने बताएका छन् ।
‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ, राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन, बाँकी कुरा भोलि,’ उनले भने ।
उनले रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प नरोकिने दाबी गरे । उनलाई पदीय जिम्मेवारीबाट मुक्त गरे पनि साधारण सदस्यबाट भने हटाएको छैन ।
यसअघि रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको थियो । उनले आफू स्वास्थ्य मन्त्री बन्ने भन्दै एक मेडिकल व्यापारीसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएको थियो ।