मनोज गजुरेलको घरमा पूर्वपत्नी मीनाको गुण्डागर्दी, भाग्ने प्रयासमा प्रहरीले गरे प्रकाउ

0 Shares

काठमाडौँ । मनोज गजुरेलको घरमा गएर मीना ढकालले गुण्डागर्दी गरेकी छन् । पूर्व श्रीमान रहेका गजुरेलको घरमा पुगेकी उनले छोरालाई समेत ‘टर्चर’ दिँदै आएकी थिइन् । गजुरेलकी ८५ वर्षीया आमालाई लछारपछार पार्नुका साथै घरमा ताला लगाउने प्रयास गरेकी थिइन् ।

मनोजसँग मीनाले सम्बन्धविच्छेद गरेको सात वर्ष भइसकेको छ । मीनाले केही केटाहरू लिएर मनोजको बालकोटस्थित घरमा पुगेर गुण्डागर्दी गरेकी हुन् । प्रहरीले उनलाई घर नजिकैबाट पक्राउ गरेको छ ।

डिभोर्स भएलगत्तै सामाजिक सञ्जालमार्फत मनोजको चरित्र हत्यामा उत्रिँदै आएकी थिइन्, मीना । कहिले युट्यूबरलाई अन्तर्वार्ता दिएर त कहिले टिकटकमा गालीगलौज गरेर उनले मनोजलाई मानसिक यातना दिइरहिन् । यो क्रम आजको दिनसम्म पनि टुटेको छैन ।

निकटस्थ स्रोतका अनुसार पछिल्ला केही दिनदेखि मीनाले छोरालाई पनि लगातार टर्चर दिन थालेकी छन् । उनले धम्कीका म्यासेजहरू पठाउने गरेको स्रोतले बताएको छ ।

आज बिहान मनोज घरबाट निस्केको थाहा पाएपछि मीना ‘अभियन्ता’ भनिने केही केटाहरू लिएर उनको घरमा पुगेकी थिइन् । उनीहरुले सुरुमा ढोका ठटाएर फुटाउने प्रयास गरे । घरभित्र घुसेर मनोजकी आमालाई मीना स्वयम्ले हातपात र लछारपछार गरिन् । काकीलाई पनि पिटिन् ।

मीनाहरू भाग्ने प्रयासमा रहेको बेला प्रहरीले उनीहरूलाई प्रकाउ गरेको छ । मीनाले प्रहरी हिरासतबाटै फेसबुकमा सञ्जालमा स्टाटस लेख्दै गृहमन्त्री रवि लामिछाने र मनोज गजुरेलको मिलेमतोमा आफूलाई पक्राउ गरिएको दाबी गरेकी छन् ।

सम्बन्धित समाचार