एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सुरु

0 Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक भर्खरै सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा वाँकी पदाधिकारीको चयन, पोलिटब्यूरो सदस्य गठन र अपूर्ण केन्द्रीय समितिलाई पूर्ण दिन बैठक बसेको हो । पार्टी नेता मेटमणि चौधरीका अनुसार पदाधिकारी सहित पोलिटब्यूरो र केन्द्रीय समितिलाई बैठकले पूर्णता दिने जानकारी दिए ।

महासचिव घनश्याम भुसालले सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिको प्रस्ताव गरेपछि पोलिटब्यूरोको पूर्णता र बाँकी पदाधिकारी चयन हुने भएका छन् । अहिलेसम्म एकीकृत सामजवादीमा अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल मात्रै सर्वसम्मत रुपमा चयन भएका छन् ।

हाल ९३ जना केन्द्रीय सदस्य मात्रै चयन भएका छन् । एकीकृत समाजवादीमा अध्यक्ष सहित २१ पदाधिकारी र २९९ केन्द्रीय समिति हुने विधानमा उल्लेख छ ।

सम्बन्धित समाचार