ओलीलाई बालेनको ब्याङ्ग्य गिरीबन्दुको जग्गामा १५ हजार परिवारलाई व्यवस्थापन गर्न सकिन्थ्यो

0 Shares


काठमाडौँ
काडठमाडौँ महानगरपालिका मयेर बालेन्द्र(बालेन) शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्दुको जग्गामा काठमाडौँमा भएका १५ हजार सुकुम्बासीलाई व्यवस्थापन गर्न पुग्ने भन्दै ब्याङ्ग्य गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा शनिवार लेख्दै मेयर बालेनले काठमाडौंको खोला छेउमा बस्ने २ हजार भए पनि गिरीबन्दुको जग्गा सरकारको भएमा १५ हजार परिवारलाई व्यवस्थापन गर्न सकिने उल्लेख गरेका हुन् ।
ओलीले बोलेनलाई काठमाडौँका सुकुम्बासीको घर भत्काउन डोजर लिएर गएको भन्दै आलोचना गरेपछि शनिवार उनले प्रतिवाद गरेर गिरीबन्धुको जग्गाको प्रशंग उप्काएका हुन् । ‘काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धु’मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ’ बालेनले ब्याङ्ग्य गर्दै लेखेका छन्, ‘अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’

फेसबुकमा बालेनको स्टाटस जस्ताको त्यस्तै

माननीय केपी ओलीज्यू,
आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो !
अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?
काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धु’मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।

 

सम्बन्धित समाचार