0
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २८ गते विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने गरी संसदको कार्यसूचीमा राख्न सभामुखलाई पत्र पठाएका हुन् ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संविधानको व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् ।
कांग्रेस–एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि प्रचण्ड नेतृत्वको गठबन्धन भत्किएको थियो । यसअघि उनले मन्त्रिपरिषद्को बैठकमा आफूले राजीनामा नदिने र एक महिनासम्म सत्तामा नबस्ने ब्रिफ्रिङ गरेका थिए ।