रविलाई मुकुलको प्रतिवेदनमा प्रश्न- निर्मला पन्तलाई न्याय कहिले मिल्छ ? रोजगारीको कुरा कता पुग्यो ? (पूर्णपाठ)

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले पार्टीमा पेश गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।

ढकालले ३८ जिल्ला घुमेर अघिल्लो महिना तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो । उनले तयार परेको प्रतिवेदनमा पार्टीभित्र बढेको विकृति, पार्टीका नेताहरूलाई भेट्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नभन्दा कठिन भएको जस्ता विषय उल्लेख गरिएको छ ।

यस्तै, प्रतिवेदनमा पार्टीभित्र ग्यालेक्सी टिभीबाट आएका पत्रकारहरूको बर्चस्व किन बढ्यो ? भनी प्रश्न तेस्र्याएका छन् ।

‘जीबी राई समातिँदैनन् भने प्रतिपक्षी हुँदै किन म्याद नै तोकेर समात्ने कुरा गरेको, सीधा कुरा कार्यक्रममा बोलेका कुरा सभापतिले बिर्सनु भएको होला, तर जनताले सम्झिरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।

यसैगरी प्रतिवेदनमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय कहिले मिल्छ ?, ब्लु बस र रोजगारीको कुरा कता पुग्यो ?, सरकारमा गएपछि सोचेअनुरुपको फाइल किन खोल्न खोलिएन ? जस्ता प्रश्न गरिएको छ ।

ढकालको प्रतिवेदनमा प्रचण्ड वा केपी ओलीसँग मिल्नुभन्दा काठमाडौंका मेयर बालेन साहसँग मिल्नु उत्तम हुने सुझाव दिएका छन् ।

सम्बन्धित समाचार