ओलीको नेतृत्वको सरकारमा रास्वपा नजाने

0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सत्ता गठबन्धन नजाने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार रास्वपाका नेताहरूले प्रधानमन्त्रीलाई भेटेपटि यस्तो निर्णय गरेको हो ।

नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारमा नजाने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । सत्ताका लागि रास्वपा मरिहत्ते नगर्ने उनको भनाइ थियो ।

यसअघि प्रधानमन्त्रीले रास्वपाका मन्त्रीहरूको भेटमा आफूले संवैधानिक अधिकार बमोजिम विश्वासको मत लिन लागेकाले त्यत्तिञ्जेल पर्खिन आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहअनुसार रास्वपाले चाँडो विश्वासको मत लिन आग्रह गरेको थियो ।

सम्बन्धित समाचार