काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजीनामा नदिई पर्खिने निर्णय गरेको छ । रास्वपाका नेताहरू बिहीबार राजीनामा पत्र बोकेर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।
प्रधानमन्त्रीले रास्वपाका मन्त्रीहरूको भेटमा आफूले संवैधानिक अधिकार बमोजिम विश्वासको मत लिन लागेकाले त्यत्तिञ्जेल पर्खिन आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहअनुसार रास्वपाले चाँडो विश्वासको मत लिन गरेको थियो ।
हाम्रा मन्त्रीहरू राजीनामा पत्र बोकेर प्रधानमन्त्रीलाई भेट्न जानु भएको यियो, यस क्रममा प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिने समयसम्म कुर्न भन्नु भयो, हामीले पनि चाँडो गर्नुस् भनेका छौँ, रास्वपा नेता सन्तोष परियारले भने
प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा चार जना मन्त्रीहरू छन् । जसमा श्रममन्त्री डिपी अर्यालस, शिक्षामन्त्री सुमन श्रेष्ठ र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ छन् ।