0
Shares
काठमाडौं । नेकपा एकीकृत समाजवादीको नेतृत्व चयन सर्वसम्मत रुपमा गर्ने गरी छलफल सुरु भएको छ । पार्टी सर्वसम्मत अध्यक्षमा दोहोरिन माधव कुमार नेपाल बहुपक्षीय र बहुपक्षीय छलफल जारी राखेका छन् । अध्यक्षसहित पदाधिकारी निवार्चनमा गए पार्टी विभाजनको रेखा कोरिन भए सर्वसम्मत चयन हुने भएको हो ।
यदि, सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेको दिउँसो २ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । निर्वाचनमा जानुअघि सम्मानित नेतामा झलनाथ खनाल दोहोरिने भएका छन् । यता, अध्यक्षमा घनश्याम भुसालले दाबी गरेसँगै नेपाललाई गाह्रो हुने देखिएको हो ।
अन्य पदाधिकारीमा नेताहरूको मत एक भएकाले निर्वाचन प्रक्रिया हुने सम्भावना कम रहेको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन् । पार्टीको दशौँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने