सत्ता गठबन्धन भत्किएपछि चार प्रदेशमा हलचल

0 Shares

काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत गठबन्धन भत्किएपछि चार प्रदेशमा हलचल मच्चिएको छ ।

प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई एमालेले साथ छोडेपछि मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश सरकार धरमराएको हो ।

कोशी प्रदेशमा एमालेका हिक्मत कार्की,गण्डकी प्रदेशमा कांग्रेसका सुरेन्द्रराज पाण्डे,कर्णाली प्रदेशमा एमालेकै यमलाल कडेंल मुख्यमन्त्री भएकाले ढुक्क छ्न ।

ती तीन प्रदेशमा कांग्रेस एमालेबाट मुख्यमन्त्री भएकाले कुनै समस्या छैन । उनीहरुलाई केन्द्रको सत्ता परिवर्तनले कुनै फरक पारेको छैन । तर चार प्रदेशमा माओवादी केन्द्र,जनमत पार्टी र एकीकृत समाजवादीको मुख्यमन्त्री भएकाले अप्ठ्यारो परेको छ ।

अहिले मधेस प्रदेशमा जनतमत पार्टीबाट मुख्यमन्त्री सतिसकुमार सिंह, बागमती प्रदेशमा माओवादी केन्द्रबाट सालिकराम जमकटेल,लुम्बिनी प्रदेशमा माओवादीकै मुख्यमन्त्री जोखबहादुर महरा,सुदुरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्री छ्न ।

केन्द्रको समीकरण भत्किएपछि चार प्रदेशका मुख्यमन्त्रीलाई के हुने हो भन्ने अन्योल सिर्जना भएको छ ।

सम्बन्धित समाचार