काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्रीलाई लक्षित गर्दै भ्रष्टाचारका आरोपी पक्राउ पर्न थालेपछि हटाएको आरोप गलत भएको बताएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि पत्रकारसँग बोल्दै उनले भ्रष्टाचार प्रकरणमा जोडिएका व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न चुनौती दिएका हुन् ।
यस क्रममा महामन्त्री शर्माले पछिल्लो राजनीतिक घटना क्रममा देखिएको परिस्थिति सुखद नभएको टिप्पणी गरे । यसैबीच उनले गृहमन्त्री रवि लामिछानेलाई इङ्गित गर्दै आफूलाई काम गर्न नदिएको भन्दै गरेको टिप्पण गलत साबित गर्न चुनौती दिएका थिए ।
उनले दुई ठूला दलहरू मिलेर बनेको सरकारले पनि भ्रष्टाचारको फाइले खोल्ने दाबी गरेका थिए । ‘कुनै पनि विषय आउँदै गर्दा भ्रष्टाचारको फाइलहरू बन्द गर्ने भन्ने हुँदैन,’ उनले भने, ‘साथीहरूलाई के लागेको होला भने भ्रष्टाचारको फाइल खोल्दै थियौँ सरकारबाट हटाइयो, अहिले पनि हुनुहुन्छ त गृहमन्त्री, आज साँझसम्म हुनु होला, एक महिनासम्म हुन पाउनु हुन्छ ।’
यससँगै उनले अहिले अनुसन्धानको प्रक्रियामा रहेका भ्रष्टाचारको फाइलको अनुसन्धान अगाडि बढ्ने दाबी गरे । अहिले बन्दै गरेको सरकारले पनि भ्रष्टाचारको विषयमा बलियोसँग काम गर्ने उनको दाबी थियो ।
उनले दुई ठूला दलको सहमतिबाट प्रधानमन्त्री बन्न लागेका केपी शर्मा अोली जोडिएको गिरिबन्दु टी स्टेट र नक्कली भुटानी शरणार्थीको विषयमा अनुसन्धान गरी फाइल खोल्ने दाबी गरेका थिए ।