काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षात्मक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।
महामन्त्री ढकालले आफ्नो प्रतिवेदन पेश गर्दै पार्टीलाई सुधार गर्नु पर्ने बताएका थिए । यस्तै, अोली प्रचण्डभन्दा काठमाडौं महानगरका मेयर बालेन साहसहित स्वतन्त्र जनप्रतिनिधिसँग सहकार्य गर्नु राम्रो भएको बताएका थिए ।
आफ्नो प्रतिवेदन पेश गर्ने क्रममा उनले आफूलाई पार्टीले कारबाही गर्ने सक्ने भन्दै त्यसको भागिदार हुन चाहेको प्रतिक्रिया दिएका थिए । यसैबीच, रास्वपाले पार्टीको अनुसाशन उल्लघंन गरेको भन्दै उनीसँग स्पष्टीकरण माग गरेको थियो ।
यता, कांग्रेस-एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा प्रतिपक्षमा आउने निश्चित भएको छ । रास्वपाले कांग्रेस-एमाले गठबन्धनमा नजाने यसअघि निर्णय गरिसकेको छ ।