अफ्ठ्यारोमा परेका प्रचण्डसामू तीन विकल्प

0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु तीन विकल्प देखिएका छन् । सोमबार राति अचानक राजनीतिक सत्ता सत्ता परिवर्तक उथलपुथल भएपछि उनीसामू तीन विकल्प देखिएको हो ।

आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पार्टी पदाधिकारी बैठकमा नेताहरूको सुझाव लिएर जाने तयारी गरेका छन् । नेताहरूले दिएको सुझावबमोजिम अघि बढ्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएपछि उनी थप दबाबमा परेका छन् ।

प्रधानमन्त्री प्रचण्डले अहिलेको राजनीतिक परिस्थितिमा तत्काल राष्ट्रपति समक्ष राजीनामा दिएर एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीलाई मार्ग प्रशस्त गर्ने पहिलो विकल्प देखिएको माओवादी केन्द्रका एक नेताले बताए ।

यसैगरी, राजीनामा दिएका प्रचण्डको राजनैतिक नैतिकता उच्च हुने र आफूले गरेको काम जनतासमक्ष प्रचार गरेर स्थापित हुने अवसर देखिएको राजनीतिक विश्लेषक बताउँछन् ।

दोस्रो विकल्पका रुपमा प्रचण्डसामू अल्पमतको सरकार हुँदासमेत विश्वासको मत लिई त्यसपछि विश्वास गुमेपछि मात्र राजीनामा दिने हुन सक्ने ती नेताले बताए । यस्तो भएमा सत्ता लिप्साको आरोप लाग्ने देखिएको छ ।

तेस्रो विकल्पका रुपमा एमाले र कांग्रेसको गठबन्धनलाई सघाएर ओलीलाई विश्वासको मत दिएर जाने हुन सक्छ । यसो भएमा कांग्रेस र एमालेले जस्तो ढोक्सा थापेर सत्ता जाने बाटो खुला राख्न सक्ने छ । यस्तो अवस्थामा कांग्रेस वा एमालेमध्ये एक पार्टीको समर्थन नभए त्यो बाटो खुला हुने सम्भावना कम हुने देखिएको छ ।

 

सम्बन्धित समाचार