एमालेका सबै मन्त्रीलाई ओलीले बोलाए बालकोट, सत्ता परिवर्तनको संकेत

0 Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सबै मन्त्रीलाई बालकोट बोलाएका छन् । उनले एमालेका सबै मन्त्रीलाई छलफल गर्न निवासमा बोलाएका हुन् ।

अध्यक्ष ओलीले सोमबार साँझ साढे ६ बजे छलफल गर्न बस्ने गरी आफ्नो निवासमा मन्त्रीहरूलाई लागि बोलाएका हुन् ।

पछिल्लो समय प्रधानमन्त्रीसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता बाक्लिएका बेला ओलीले मन्त्रीहरूलाई सामूहिक भेट्न बोलाउनुलाई अर्थ पूर्ण रुपमा हेरिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता बाक्लिएको छ । यस्तै, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच पनि भेटवार्ता चलिरहेका छन् ।

यी भेटमा नेताहरू लामो छलफलमा जुटेको देखिन्छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच आजै भेटवार्ता भएको थियो । ओली र देउवाको पछिल्लो भेटपछि राजनीतिक वृत्त तरंगित बनेको छ ।

यता, कांग्रेस सभापति देउवाले एमाले अध्यक्षसँगको भेटबारे पार्टी कांग्रेस नेताहरूलाई जानकारी दिएका छन् ।

पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा देउवाले ओलीसँग सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको जानकारी दिए । उनले भने, ‘अहिले धेरै टिप्पणी नगरौँ, हाम्रो सम्बन्ध सुमधुर छ ।’

सम्बन्धित समाचार