देउवाको चाहनामा प्रचण्डमाथि ओलीको दबाब

0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता बाक्लो बन्दै गएको छ ।

प्रधानमन्त्रीलाई भेट्न सोमबार बिहान बालुवाटार पुगेका अध्यक्ष ओलीले करिब पाँच घण्टा प्रधानमन्त्रीसँग कुराकानी गरेका थिए । प्रधानमन्त्रीसँगको भेटमा पछिल्लो राजनीतिक घटनाबारे छलफल भएको बुझिएको छ ।

गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा अध्यक्ष ओलीलाई भेट्न बालकोटमा पुगेका थिए । त्यसपछि सत्ता समीकरण तरंगित बनेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रमुख योजनाकार मानिएका बेचन झा पक्राउ परेसँगै सभापति देउवा बालकोट पुगेका थिए । उनी पक्राउसँगै भुटानी शरणार्थी प्रकरणमा राजनीतिक संलग्नता रहेको आरोप लगाएका थिए ।

देउवा प्राय राजनीति भेटघाटमा आफू निकट नेतालाई लिएर जाने गरेका थिए । शनिबार देउवा पत्नी आरजु राणालाई मात्रै लिएर बालकोट पुगेका थिए । भुटानी शरणार्थी प्रकरणमा पत्नीसमेत संलग्न भएकाले ओली भेट्न बालकोट पुगेको हुन सक्ने रास्वपा एक नेताले बताए ।

यता, बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री र ओलीबीच सत्ता गठबन्धनलाई थप बलियो बनाएर अगाडि जाने गरी छलफल भएको छ । तर, देउवा र ओली भेटेसँगै प्रधानमन्त्री दबाबमा परेको स्पष्ट देखिएको छ । प्रचण्डसँगको भेटमा ओलीले काग्रेससँग मिलेर जाने सम्भावना नरहेको प्रष्ट पारेका थिए ।

सम्बन्धित समाचार