0
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता सकिएको छ ।
प्रधानमन्त्रीलाई भेट्न सोमबार बिहान बालुवाटार पुगेका अध्यक्ष ओली पाँच घण्टा समय बिताएर बाहिर निस्किएका छन् ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा पछिल्लो विकशित राजनीतिक घटना क्रममा बारेमा छलफल भएको बुझिएको छ । गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बालकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ ।
सभापति देउवाले ओलीलाई प्रधानमन्त्री बन्न अफर गरेको चर्चापछि सत्ता समीकरणमा हलचल पैदा भएको देखिएको छ । आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको थियो ।