भारतीय टोलीमा टी २० को कप्तानीमा हार्दिकको सम्भावना, अन्य खेलाडीको दाबी कति ?

0 Shares

काठमाडौं । जुन २९ गते सम्पन्न टी २० विश्वकपमा भारतले दोस्रो पटक विजेता बन्यो । च्याम्पियन बन्नासाथ टोलीका तीन दिग्गज खेलाडीहरूले टी २० अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा भए ।

जसमा विश्वविजेता कप्तान रोहित शर्मा, विराट कोहली र रवीन्द्र जडेजा थिए । योसँगै भारती टोलीको नयाँ को बन्छ भन्ने प्रश्न उठेको छ ।

यस क्रममा विश्वकप जिताउन फाइनल खेल परिवर्तन गराउने क्याच गर्ने सूर्यकुमार यादव हुने छन् ? हातबाट विश्वकप लैजान लाग्ने खेलाडीलाई प्याभेलियनमा पठाउने हार्दिक पाण्ड्या, प्रतियोगितामा सर्वाधिक सफल खेलाडी जसप्रित बुमराह वा मृत्युलाई जितेर विश्व च्याम्पियन बन्ने चमत्कारी पुरुष ऋषभ पन्त हुन सक्छन् भन्ने चर्चा सुरू भएको छ ।

सन् २०२६ मा भारत र श्रीलंकाले आयोजना गर्ने टी २० विश्वकपमा भारतीय टोलीका कप्तानी कसले गर्ने ? यस्तो छ सम्भावित दृष्य-

हार्दिक पाण्ड्या

कप्तान बन्ने दाबेदारको दौडमा हार्दिक पाण्ड्या अगाडि छन् । उनीसँग टी २० अन्तर्राष्ट्रियमा एक सय खेलको अनुभव छ । जुन अन्य कुनै दाबेदारसँग छैन ।

पाण्ड्याले १६ टी २० अन्तर्राष्ट्रिय खेलमा भारतको कप्तानी गरेका छन् । जसमध्ये टोलीले १० खेल जितेको छ । पाँच खेलमा हार बेहोरेका छन् भने एक खेलमा परिणाम आउन सकेन । अहिले उनी टोलीमा उपकप्तान रहेका छन्।

ऋषभ पन्त

जितको अधिक भावनाले पन्तलाई भारतीय कप्तानको दौडको दाबेदार बनाउँछ । उनी १८ महिनाअघि अस्पतालमा थिए । जीवन र मृत्युबीच लडिरहेका थिए ।

उनको कार दुर्घटना भएको थियो । त्यसपछि पन्त भारतको टी २० विश्वकप विजेता टोलीको हिस्सा हुनेछन् ? भन्ने कसैले सोचेका थिएनन् । तर, विश्वकप जिताउन उनले महत्वूर्ण योगदान दिए ।

उनले टी २० विश्वकपमा पाकिस्तानविरुद्ध ४२ रनको इनिङ खेल्दै भारतलाई ११९ रनको स्कोरमा पुर्याए । ऋषभले टी २० अन्तर्राष्ट्रियमा ७४ खेल खेलेर ११५८ रन बनाएका छन् । उनले पाँच खेलमा भारतको कप्तानी गरेका थिए । जसमा दुई खेलमा जित हासिल गरेका थिए । एउटा निष्कर्ष विहीन रह्यो ।

सूर्यकुमार यादव

सूर्यकुमार आफ्नो बलियो प्रदर्शनका साथ भारतीय कप्तान बन्ने दाबी गरिरहेका छन् । ६८ खेलमा १६७.७४ को स्ट्राइक रेटमा २३४० रन बनाएका छन् ।

उनले आफ्नो कप्तानीमा शतक प्रहार गरेका छन् । सूर्यको कप्तानीमा भारतले सात खेलमा पाँच खेल जितेको छ । सूर्यले आफ्नो कप्तानीमा १६४.८३ को स्ट्राइक रेटमा ३०० रन बनाएका छन् ।

जसप्रित बुमराह

जसप्रित बुमराह, भारतीय टोलीमा ट्रम्प कार्ड हुन् । ७० खेलमा ८९ विकेट लिएका छन् । उनको नाममा धेरै कीर्तिमान छन् । तर, उनले भारतीय टोलीको मात्र दुई खेलमा कप्तानी गरेका छन् । दुवै खेल जितेका छन् । बुमराहले आफ्नो कप्तानीमा खेलेका दुई खेलमा चार विकेट मात्र लिन सकेका छन् ।

सम्बन्धित समाचार