0
Shares
काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले टी २० विश्वकप जितेको भारतीय क्रिकेट टिमलाई १२५ करोड भारु अर्थात दुई अर्ब पुरस्कार दिने घोषणा गरेको छ ।
बोर्डका सचिव जय शाहले टिम, प्रशिक्षक, सपोर्ट स्टाफलाई बधाई दिँदै १२५ करोड भारूको पुरस्कार राशीको घोषणा गरेका हुन् ।
भारतले शनिबार राति सम्पन्न टी २० विश्वकपको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै दोस्रो उपाधि जितेको थियो ।