एकीकृत समाजवादीको महाधिवेशनमा गएनन् एमालेका नेता

0 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको १० औँ महाधिवेशन सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा महाधिवेशन सुरु भएको छ ।

महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, सीके राउत, उपेन्द्र यादव, रवि लामिछानेलगायत पुगेका छन् । यता प्रमुख सत्तारुढ दल नेकपा एमाले कुनै नेता उपस्थित भएका छैनन् ।

आजदेखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिले वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।

एमालेबाट अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो । पार्टीले एमालेकै निरन्तरताबाट एकीकृत समाजवादी जन्मेको हुनाले यस महाधिवेशनलाई दशौं महाधिवेशन भनेको छ ।

सम्बन्धित समाचार