0
Shares
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताबीच बैठकले टीआरसी विधेयक टुंगोमा पुर्याउने सहमति गरेको छ ।
बिहीबार साँझ बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू सहभागी भएका थिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कानून मन्त्री पदम गिरीले जुन जुन बुँदामा सहमति भएको छैन ती विषयलाई निष्कर्षमा पुर्याउन अघि बढ्नेबारे एकमत भएको जानकारी दिए ।
संक्रमणकालीन न्यायका विषय (टीआरसी)मा धेरै बुँदामा सहमति भइसकेको र तीन चार वटा बुँदामा मात्रै छलफल हुन बाँकी रहेको उनको भनाइ थियो ।
यसबारे टुगो लगाउनका तीनै दलबाट एक एक जनाको कार्यदलले गृह कार्य गरी शीर्ष नेताहरूलाई बिफ्रिङ गर्ने भएका छन् ।