अत्यधिक मदिरा सेवन गरेका राजेश पायल राई जान पाएनन् दुबई

0 Shares

काठमाडौं । गायक राजेश पायल राईलाई मदिरा सेवन गरेको भन्दै उड्न लागेको विमानबाट झारिदिएको छ ।

फ्लाई दुबईको पूर्वनिर्धारित आज दिउँसो १२ बजे उडानबाट दुबई जान लागेका उनले अत्यधिक मदिरा सेवन गरेको पाइएपछि अर्को उडानमा जान भन्दै झारेको विमानस्थल स्रोतले जनाएको छ ।

अब गायक राई उनी केही समयपछि अर्को उडानमा त्यसतर्फ जाने बताइएको छ । उनी मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा दुई महिनाअघि पक्राउ परेका थिए ।

सम्बन्धित समाचार