नेकपा एसको अध्यक्षमा घनश्याम भुसाललाई झलनाथको साथ

0 Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा सम्मानित नेता झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई सहयोग गर्ने भएका छन् ।

खनाल निवास डल्लुमा भएको दुई नेताहबीचको भेटमा मिलेर अघि बढ्ने सहमति भएको हो । भेटमा महाधिवेशनको तयारीबारे नेता खनालसँग छलफल भएको महासचिव भुसालले बताए । उनले भने, ‘हामीबीच नीति कार्यक्रम सबै मिलेपछि झलनाथजीसँग मिलेर अघि बढ्ने समझदारी भएको छ ।’

सम्मानित नेता खनालको समर्थनमा महासचिव भुसाल अध्यक्षमा माधव नेपालसँग प्रतिस्पर्धा गर्न तयार देखिएका छन् ।

सम्बन्धित समाचार