0
Shares
काठमाडौं । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन् । उनीहरूले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा विवाह गरेका हुन् ।
सोनाक्षी र जहीरको परिवारले हिन्दू र मुस्लिम रितिरिवाज अनुसार विवाह गर्ने निर्णय गरेका थिए । त्यसैले उनीहरुले कोर्ट म्यारिज गरेका थिए ।
विवाह दर्तापछि उनीहरुले मुम्बईको वर्लीमा रिसेप्शनको आयोजना गरेका थिए । जसमा धेरै राजनीतिज्ञ, कलाकार र उद्योगपतिको सहभागिता रहेको थियो ।
विवाहपछि सोनाक्षी र जहीरले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सात वर्षदेखिको सम्बन्धलाई विवाहमा परिणत गरेको उल्लेख गरेका छन् ।
विवाह समारोहमा दम्पतीका नजिकका साथीभाइ र परिवारका सदस्य सहभागी थिए ।