काठमाडौँ । सत्तारुढ दलहरूबीच राजदूतमा भागबण्डा गर्ने सहमति भएको छ । बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछानेबीच सहभागी थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेले आठ, रास्वपाले दुई र नेकपा माओवादी केन्द्रले एउटा राजदूत पाउने भएको छ । माओवादीको तर्फबाट केही देशमा राजदूत भएकाले रास्वपाभन्दा कम पाएको हो । सत्ताधारी दल नेकपा एकीकृत समाजवादीसहित अन्य दललाई भागबण्डामा दिइएको छैन ।
गत २४ जेठमा मन्त्रिपरिषद् बैठकले नेपाली कांग्रेसको तर्फबाट राजदूूत भएका भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलसहित ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।
कांग्रेसको तर्फबाट राजदूत बनेकाहरू फर्किएपति ती पद रिक्त रहँदै आएको थियो ।