नारायणकाजीको अडानले रञ्जिता र सिकेलाई समेट्न प्रधानमन्त्रीलाई अफ्ठारो

0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल हेरफेर गर्न आन्तिक तयारी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार विदेशबाट फर्किएसँगै प्रधानमन्त्री आन्तरिक परामर्शमा जुटेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले विश्वासको मत दिएकाले सरकारमा समेट्न योजनामा छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका मन्त्री तत्काल फेर्ने मनस्थिति बनाएका छैनन् ।

नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रले मन्त्रीको पूरै सेट परिवर्तन गरेमा सोच्न सकिने बचन दिएको छ । सत्ता साझेदार दलबाट मन्त्री फेर्ने गरी बलियो साथ नपाएपछि आफ्नै पार्टीका मन्त्रीलाई बोलाएर छलफल गर्न थालेका छन् । प्रधानमन्त्रीले आफ्ना पार्टीका मन्त्रीलाई एक/एक गरेर आफ्नै निवास बोलाएर छलफल गरेका हुन् ।

प्रधानमन्त्रीले नाउपा र जनमतलाई सरकारमा समेट्ने बचन दिएकाले एक/एक मन्त्रालय दिने योजना बनाएका छन् । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई कुनै एक विकासे मन्त्रालय र जनमतका अध्यक्ष सिके राउतलाई परराष्ट्र मन्त्रालय दिने आश्वासन दिएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले दुई विकल्प अघि सारेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

नारायकाजी श्रेष्ठलाई ब्याक गराएर एक मन्त्रालय खाली गरी सहज बाटो खोजेका प्रधानमन्त्री प्रचण्ड कठिन मोडमा पुगेका छन् । जसका कारण उनले मन्त्रिपरिषद्को पूरै सेट परिवर्तन गर्न खोजेका हुन् ।

‘पहिलो विकल्पमा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई ब्याक गराएर एक मन्त्रालय खाली गर्ने तयारी छ, अर्को मन्त्रालय खाली गराउन पर्यटन मन्त्री हितबहादुर तामाङ वा अन्य कुनै एक मन्त्रीलाई फिर्ता बोलाउने त्यसो हुन नसेमा प्रधानमन्त्री कार्यालय हेर्ने गरेर व्यवस्थापन गरी दुई मन्त्रालय रिक्त गराउने सोचिएको छ,’ ती सचिवालय सदस्यले भने, ‘यदि, त्यसो हुन नसकेमा कांग्रेस गठबन्धन हुँदा मन्त्री भएका सबैलाई फिर्ता बोलाएर दुई मन्त्रालय नउपा र जनमतलाई समेट्ने तयारी छ ।’

त्यसो भएमा अर्थ मन्त्री वर्षमान पुन र पर्यटन मन्त्री हितबहादुर तामाङ मात्रै यथावत राखेर नयाँ मन्त्री थपिने छन् । ती दुई विकल्प राखेर परामर्श गरेका प्रधानमन्त्रीले एक/दुई दिनभित्र नाउपा र जनमतलाई सरकारमा समेट्न सक्ने बताएको छ ।

सम्बन्धित समाचार