बजेटबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

0 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । कांग्रेसले शुक्रबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने गरी बैठक आह्वान गरेको हो ।

बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाएको हो । त्यसअघि २ बजे संसदीय दल कार्य समितिको बैठक बस्ने छ ।

सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेसँगै यस विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको जनाएको छ ।

सम्बन्धित समाचार