प्रधानमन्त्रीले राखे राष्ट्रिय सुरक्षा परिषद्को बैठक, के भयो छलफल ?

0 Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक राखेका छन् । बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थामा बारेमा समीक्षा भएको बताइएको छ ।

सिंहदरबारमा बसेको परिषद्को ४४ औँ बैठकमा समग्र सुरक्षा अवस्थाको सम्बन्धमा छलफल र समीक्षा भएको परिषद् सदस्य सचिव एवं रक्षा मन्त्रालयकी सचिव इन्दु घिमिरेले बताइन् ।

साथै बैठकमा शान्ति सुरक्षा तथा अमनचयन र राष्ट्रिय सुरक्षा लगाएतका विषयमा पनि छलफल भएको घिमिरे जानकारी दिइन् । विपद् प्रतिकार्यको तयारीका विषयमा पनि बैठकमा छलफल भएको सुरक्षा परिषद्ले जनाएको छ ।

सम्बन्धित समाचार