दिल्लीमा समातिएका पूर्वमुख्यसचिव अर्याललाई काठमाडौं ल्याइँदै

0 Shares

काठमाडौं । भारतमा प्रक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याउन लागिएको छ।

मलेसिया जाने श्रमिकबाट गैरकानुनी रुपमा रकम असुल गरेको प्रकरणमा पूर्वमुख्यसचिव अर्याललाई पक्राउ गरिएको हो। उनलाई भारतको दिल्लीमा पक्राउ गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।

दिल्लीमा प्रक्राउ परेका अर्याललाई जहाजबाट सिलगुडीस्थित बागडोगरा विमानस्थल लगिएको थियो। त्यहाँबाट झापा ल्याउन लागिएको स्रोतले जनाएको छ।

झापाको भद्रपुर विमानस्थलबाट जहाजमा काठमाडौं ल्याइने भएको छ। उनलाई म्याद थपका लागि आजै जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराउने तयारी छ।

सम्बन्धित समाचार