काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले आफ्ना उत्कृष्ट डिलरहरूका लागि आयोजना गरेको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सफलतापूर्वक सम्पन्न गरेको छ । गत जेठ तथा असार महिनामा सञ्चालन गरिएको विशेष डिलर प्रोत्साहन योजनाअन्तर्गत निर्धारित बिक्री लक्ष्य हासिल गर्न सफल डिलरहरूलाई यस यात्रामा सहभागी गराइएको थियो ।
तीन दिनसम्म सञ्चालन भएको उक्त यात्राका क्रममा सहभागी डिलरहरूले मुक्तिनाथ, कागबेनीलगायत विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गरेका थिए । यात्राले सहभागीहरूलाई धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र आपसी सद्भावसँगै रमाइलो तथा अविस्मरणीय अनुभव प्रदान गरेको थियो ।
अर्घाखाँची सिमेन्टले आफ्ना व्यावसायिक साझेदारहरूको योगदानको सम्मान गर्दै उनीहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले यस्ता प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कम्पनीका लागि डिलरहरू केवल व्यावसायिक साझेदार मात्र नभई गुणस्तरीय उत्पादनलाई उपभोक्तासम्म पुर्याउने महत्वपूर्ण सहयात्री हुन् ।
नेपालको अग्रणी सिमेन्ट उत्पादक कम्पनीमध्ये एक अर्घाखाँची सिमेन्टले गुणस्तर, नवीनता र दिगोपनलाई प्राथमिकतामा राख्दै आफ्नो उत्पादन तथा सेवा विस्तार गर्दै आएको छ । वार्षिक एक मिलियन टन उत्पादन क्षमता रहेको कम्पनीले आधुनिक उत्पादन प्रविधि, गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन र वातावरणमैत्री अभ्यासमार्फत निर्माण क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।
कम्पनीले डेनिस भर्टिकल रोलर मिल प्रविधि तथा वेस्ट हिट रिकभरी सिस्टमजस्ता आधुनिक प्रविधिको प्रयोग गर्दै उत्पादन क्षमता र ऊर्जा दक्षता अभिवृद्धि गरेको छ । साथै, धुलो नियन्त्रणका लागि इलेक्ट्रोस्ट्याटिक प्रिसिपिटेटर प्रणालीको प्रयोगमार्फत स्वच्छ तथा सुरक्षित कार्य वातावरण कायम गर्न प्रतिबद्ध रहेको छ ।
‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ ले अर्घाखाँची सिमेन्ट र उसका डिलरहरूबीचको व्यावसायिक सहकार्यलाई थप आत्मीय र विश्वासपूर्ण बनाएको कम्पनीको विश्वास छ । आगामी दिनमा पनि कम्पनीले आफ्ना व्यावसायिक साझेदारसँगको सम्बन्धलाई प्राथमिकता दिँदै सहकार्य, सम्मान र साझा सफलताका कार्यक्रमहरूलाई निरन्तरता दिने छ ।