0
Shares
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बिहीबार सामान्य बढेको सुनको मूल्य आज भारी वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँ बढेको हो । योसँगै आज सुनको मूल्य तोलामा २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
यसअघि बिहीबार सुनको मूल्य तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार सुनको मूल्य तोलामा २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ३ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा १२० रुपैयाँ बढेको हो ।