यस्तो छ आज देशभरको मौसम

0 Shares

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ । देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने छ । अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाका अनुसार भोलि बिहान उपत्यका र खोँचका साथै तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

सम्बन्धित समाचार