0
Shares
काठमाडौं । सर्लाहीमा प्रेमिकाको घरमा गएका एक युवक मृत भेटिएका छन्। युवक मृत भेटिएपछि प्रहरीले उनकी प्रेमिकालाई नियन्त्रणमा लिएको छ।
लालबन्दी नगरपालिका-५ पुरानो राजमार्ग भन्ने ठाउँमा घर भएकी प्रेमिकालाई भेट्न गएका हरिपुर्वा नगरपालिका-९ बगेवाका २० वर्षीय अमित चौधरी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए।
‘बिहीबार साँझ अमित आफ्नी प्रेमिकालाई भेट्न गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ गौतमले भने, ‘युवकको मृत्युपछि हामीले १९ वर्षीया युवतीलाई नियन्त्रणमा लिएका छौँ।’
युवतीकै कोठामा अचेत भएका युवकलाई मोडेल अस्पताल लालबन्दी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको गौतमले बताए। युवकको मृत्युको कारण भने खुलेको छैन्।