0
Shares
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य थप गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो । यता, आज १० ग्राम सुनको मूल्य २ लाख २० हजार ८५० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन बुधबार सुनको तोलामा २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३ हजार ३३५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजार आज सुनको मूल्य चार प्रतिशतभन्दा बढीको उतारचढाव भएको छ ।