समूह ‘ए’बाट भारत सुपर आठमा प्रवेश, संर्घष गर्दै पाकिस्तान

0 Shares

काठमाडौं । भारत जारी टी २० विश्वकपको सुपर आठमा पुगेको छ । गएराति सम्पन्न खेलमा अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारतले सुपर आठमा स्थान सुरक्षित गरेको हो ।

अमेरिकाले दिएको १११ रनको लक्ष्य पछाएको भारतले १८.२ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । भारतको जितमा सूर्य कुमार यादवले ५० रन बनाए । शिभम दुवेले ३१ रन बनाएका थिए ।

यसअघि अमेरिकाले पहिला ब्याटिंग गर्दै २० ओभर ८ विकेट गुमाउँदै ११० रन बनाएको थियो । अमेरिकाका लागि नितिश कुमारले २७ रन बनाएका थिए । स्टिभन टेलरले २४ रन बनाएका थिए ।

यो जितपछि समूहबाट भारत तीन खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै अमेरिका तीन खेलमा ४ अंक रहेको छ । पाकिस्तान र क्यानडा एक-एक खेल जित्दै तेस्रो र चौथो स्थानमा छ । आयरल्याण्डले कुनै पनि खेल जित्न सकेको छैन ।

अब भारतले जुन १५ मा क्यानडाविरुद्ध खेल्ने छ । अमेरिकाले जुन १४ मा आयरल्याण्डविरुद्ध खेल्ने छ ।

सम्बन्धित समाचार