भोलिदेखि कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु

0 Shares

पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित मंसिर १ गते अर्थात भोलिदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको बताएका छन् ।

कांग्रेस गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले पार्टीका कमीकमजोरी सच्चाउँदै सशक्त रुपमा उभिन र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाहका लागि योजना बनाउन ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्न लागिएको बताए ।

हल्ला र कानेखुसीले पार्टी कमजोर हुने भएकाले त्यसतर्फ नलाग्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्दै महामन्त्री पौडेलले पार्टीलाई सशक्त बनाउन आपसी सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए ।

कार्यविभाजन नभएका नेताहरूका लागि भूमिका दिने सन्दर्भमा पार्टीले फराकिलो दायरा निर्माण गर्ने उनले स्पष्ट पारे । महामन्त्री पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाका बनाउन अभियान सुरु गर्न लागिएको जानकारी दिए ।

मंसिर महिनाभित्रै जिल्ला र प्रदेश अधिवेशनका साथै स्थानीय तह निर्वाचनको तयारीलाई व्यापक बनाइने उल्लेख गर्दै उनले शीघ्र अभियानको खाकासहितको सर्कुलर प्रदेश र जिल्ला तहमा पठाइने बताए ।

सम्बन्धित समाचार