0
Shares
काठमाडौं । सेयरबजारमा १२.९५ अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सूचक र कारोबार रकम दुवैमा गिरावट आएको हो।
यस दिन ४ अर्ब ७२ करोडको मात्रै कारोबार भएको छ। अघिल्लो दिन ७ अर्बको किनबेच भएको थियो। यस दिन ५६ वटा सेयरको मूल्य बढेको छ भने २११ वटाको घटेको र १२ वटाको स्थिर रहेको छ।
आज बजारमा अधिकतम वृद्धिदर २.९६ प्रतिशत र अधिकतम गिरावट दर ५.०९ प्रतिशतसम्म छ। बिहीबार १८ करोडको अधिकतम कारोबार भएको छ। आज माइक्रोफाइनान्स समूह बढे पनि बाँकी सबै राताम्य छन्।