काठमाडौँ चार विकेटले विजयी : १८० रन बनाउँदासमेत चुक्यो कर्णाली

0 Shares

काठमाडौँ – काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको खेलमा कर्णाली याक्सले दिएको १८१ रनका लक्ष्य काठमाडौँले दुई बल बाँकी हुँदा पूरा गरेको हो ।

काठमाडौँको जितमा कप्तान करण केसीले विष्फोटक ब्याटिङ गर्दै २० बलमा ४४ रन जोडे भने काठमाडौँ गोर्खाजका रसिद खानले अर्धशतक बनाए। ।

उनले ३२ बल खेल्दा तीन चौका र दुई छक्का हिर्काएर ५० रन पूरा गरेका हुन् ।

सम्बन्धित समाचार