सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको हो ।

योसँगै महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८० हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएसँगै नेपाली बजारमा प्रभाव देखिएको हो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचार