0
Shares
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनीहरुको स्वामित्वमा रहेको ९७ हजार ९३९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिदको पहिलो हक विद्यमाान संस्थापक सेयरधनीहरुलाई नै रहेको छ । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाण्डौँमा खरिद गर्न चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन दिनुपर्नेछ ।
साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपेरको खण्डमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।