ओलीको दाबी- मेरो नेतृत्वमा धेरै राम्रा काम गरेपछि सर्वोच्चले विपक्षीलाई प्रधानमन्त्री बनाए

0 Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको प्रसंगबारे फेरि मुख खोलेका छन् ।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा काठमाडौं जिल्लाको सातौं अधिवेशनमा बोल्दै ओलीले पार्टीभित्रका केही व्यक्तिहरूले पार्टीलाई दक्षिणपन्थी शक्तिको पाउँमा बुझाउने देखेपछि संसद विघटन गरेको बताए ।

उनको यो संकेत तत्कालिन नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालप्रति लक्षित थियो । उनले संसद विघटन भएकाले अहिले एमाले अस्तित्वमा रहेको दाबी गरे ।

यस क्रममा उनले उनले आफू नेतृत्वको तत्कालिन सरकार देश र जनताका लागि धेरै राम्रा काम गरेकाले अदालतबाट विपक्षीलाई प्रधानमन्त्री बनाउने काम गरिएको तर्क गर्न भ्याए ।

अध्यक्ष ओलीले एमालेबाहेक अरु कसैसँग देश विकासको स्पष्ट भिजन र नीति नरहेकाले मिसन ८४ नेपालको राजनीतिमा टर्निङ प्वाइन्ट हुने बताएका थिए ।

गत निर्वाचनमा पार्टीको आन्तरिक कारणले बहुमत ल्याउन बताउँदै भने, ‘गत निर्वाचनमा हामीले बहुमत ल्याउन सकेनौँ, पार्टीभित्र कतिपय आन्तरिक समस्या र प्रतिनिक्रियावादीका अनेक झुठ र षड्यन्त्रका कारणले बहुमत ल्याउन सकिएन, अबका दिनमा त्यस्ता झुठ र षड्यन्त्रलाई हामीले पराजित गर्न सक्नु पर्छ ।’

सम्बन्धित समाचार