सांसद बनेकी अभिनेत्री कंगनालाई प्रहरीले हानिन् झापड

0 Shares

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला प्रहरी (सीआईएसएफ)ले झापड हानेकी छन् ।

कंगना रनौतले यस विषयमा गुनासो गर्दै महिला प्रहरीलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न माग गरेकी छन् । कंगनालाई झापड हान्ने सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ ।

चुनाव जितेपछि कंगना रनौत भाजपाको बैठकमा सहभागी हुन विस्तारा एयरलाइन्सको उडानमा दिल्ली प्रस्थान गर्ने क्रममा यो घटना भएको बताइएको छ ।

कंगना एयरपोर्ट सेक्युरिटी चेकबाट निस्कदै गर्दा महिला सिपाहीले उनको हात उचालेकी थिइन् । यस विषयमा कंगनाले उजुरी पनि दर्ता गराएकी छन् ।

किसान आन्दोलनको विषयमा कंगनाले दिएको बयानका कारण सीआईएसएफ जवानले थप्पड हानेको रिपोर्टमा बताइएको छ । कंगनालाई थप्पड हानेकी कुलविन्दरलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

कंगनाले हालै सम्पन्न लोकसभा चुनाव हिमाचल प्रदेशको मण्डीबाट भाजपाको तर्फबाट चुनाव जितेकी छन् ।

सम्बन्धित समाचार