बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढ्दा चाँदीमा ४० रुपैयाँ बढेको हो ।

महासंघले आज सुनको मूल्य तोलामा ३ लाख २ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेसँगै ४ हजार ८१५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ७७५ रुपैयाँ थियो ।

सम्बन्धित समाचार