0
Shares
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्यूरोडमा फुटपाथ बढाउन दिनु पर्ने बताएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले काठमाडौंका मेयर बालेन शाहलाई न्यूरोडको फुटपाथ ठूलो बनाउन दिनु पर्ने बताउँदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरेका हुन् ।
स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नु पर्ने बताउँदै महामन्त्री शर्माले हस्तक्षेप बन्द गर्न भनेका हुन् ।