सुन मूल्य घट्दा चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अजा सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घटेको छ ।

महासंघले आज दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८०५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार