प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो

0 Shares

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम झण्डै साढे १४ अर्ब पुगेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न नौवटा बैङ्कमा १० अर्ब ७९ करोड २६ लाख ६४ हजार ८९८ मौज्दात छ । त्यस्तै, कोषका दुई वटा बैङ्कमा रहेको डलर खातामा दुई करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको छ ।

कार्यालयका अनुसार सबै खातामा गरी १४ अर्ब ४५ करोड ९८ लाख १० हजार १७८ जम्म भएको हो । कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब निकासा भइसकेको छ ।

सरकारले हालै रसुवाका बाढी प्रभावित परिवारलाई आवास भाडा र अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

जसअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार र थप प्रत्येक सदस्यका लागि दुई हजार अतिरिक्त उपलब्ध गराइने छ ।

सम्बन्धित समाचार