सुनको मूल्यमा भारी गिरावट, आज कति घट्यो?

0 Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार एकै दिन सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ३ लाख ५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यो साताको पहिलो दिन आइतबार सुनको मूल्य ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा २५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६ सयमा झरेको छ । साताको पहिलो दिन आइतबार चाँदीको मूल्य ४ हजार ७६५ रुपैयाँ थियो ।

सम्बन्धित समाचार