पेट्रोलियम पदार्थको मूल्य यथावत्

0 Shares

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य तत्कालका लागि यथावत् राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यका कारण निगममाथि थप आर्थिक भार परेको जनाएको छ।

निगमले भदौ १७ गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको हाल कायम खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिएको हो। निगम सञ्चालक समितिको निर्णयअनुसार उपभोक्तामाथि थप मूल्यभार नपरोस् भन्ने उद्देश्यले मूल्य यथावत् राखिएको जनाइएको छ।

निगमका अनुसार हालको मूल्यमा पेट्रोल र डिजेल/मट्टितेलको बिक्री गर्दा निगमलाई घाटा भइरहेको छ। नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रुपमा करिब १ अर्ब २४ करोड ३७ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

सम्बन्धित समाचार