0
Shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको हो ।
योसँगै आज सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।