नाडा अटो शो लक्षित मुक्तिनाथको अटो लोन ५.५४ प्रतिशत ब्याजदरमा, २४ घण्टामै कर्जा

0 Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नाडा अटो शो–२०२६ लाई लक्षित गर्दै ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार ग्राहकले बेस रेटमा शून्य प्रतिशत प्रिमियम थपेर अटो कर्जा लिन सक्नेछन्। यो विशेष ब्याजदर योजना भदौ मसान्तसम्म लागू हुनेछ।

कर्जा आवेदन र आवश्यक कागजात पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने जनाएको छ। यसले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई छिटो र सहज कर्जा सुविधा पुग्ने बैंकको अपेक्षा छ।

बैंकले यो योजना देशभर रहेका आफ्ना १७६ शाखामार्फत उपलब्ध गराउने जनाएको छ। नाडा अटो शो–२०२६ मा सहभागी तथा नयाँ सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले योजनाबाट लाभ लिन सक्नेछन्।

नाडा अटो शोमा विभिन्न बैंक तथा वित्तीय संस्थाले प्रतिस्पर्धी ब्याजदर र छिटो कर्जा प्रक्रियासहित अटो लोन योजना ल्याइरहेका बेला मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशतको योजना बजारमा आकर्षक विकल्पका रूपमा आएको छ।

सम्बन्धित समाचार