काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिक साधारणसभा २०८३ भदौ ३१ गतेको लागि आह्वान गरेको छ । साधारणसभा आम्रपाली बैंक्वेट, बालुवाटार रोडमा हुने बैंकले जनाएको छ ।
साधारण सभाबाट बैंकको संचालक समितिले प्रस्ताव गरेबमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.व. २०८२/८३ को सञ्चित मुनाफाबाट बैंकका अग्राधिकार शेयरधनीले अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभाशं पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाबलगायत विवरणसम्बन्धी अनुसूची पारित गर्ने, बाह्रय लेखा परीक्षक नियुक्त गर्नेलगायतका अन्य प्रस्ताव रहेका छन् ।
गत वर्ष बोनस शेयर तथा नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, भदौ १७ गतेसम्म कायम शेयरधनीहरु मात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुने छन् ।